जनता टाइम्स

१८ फाल्गुन २०७६, आईतवार १३:३४

सचिवालय बैठक सम्पन्न : प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार


काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । उहाको त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि प्रधानमन्त्री भोली नै अस्पताल भर्ना हुनुहुनेछ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराउनु भएको थियो । यो सगै प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ । यसअघि २०६३ मा प्रत्यारोपण गरिएको थियो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका ओलीले आइतबारको सचिवालय बैठकमा यसबारेमा जानकारी दिनुभएको थियो । बैठकले उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गरेको पनि सल्लाहकार थापाले जानकारी दिनुभयो ।

ओलीको १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको छ । प्रधानमन्त्री ओलीले दोश्रो पटकको मृगौला प्रत्यारोपणपछि पनि आफू अहिलेकै जस्तो सक्रिय रहने बताउँदै आउनुभएको छ ।

वर्षौंदेखि रोगसँग संघर्ष गर्दै

‘मेनिन्जाइटिस’ भएर सन २०१३ मा प्रम ओली शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गर्न पुगेका पुग्नु भएको थियो । त्यहाँ उपचार गरेको केही दिनपछि डा। दिव्या सिंहले ग्राण्डी ‘रिफर’ गर्नुभएको थियो ग्राण्डीमा पनि उपचार नभएपछि उहालाई बैंकक लगिएको थियो ।

बैंककमा महिना दिनभन्दा लामो उपचारपछि ओलीको अवस्था खतराबाट मुक्त बनेको थियो । त्यतिबेला कडाखालको ‘मेनिन्जाइटिस’ सँगै निरन्तर लामो समयसम्म टाउको दुख्ने समस्या थियो । स्वास्थ्यमा हेलचेक्र्याइँ र चिकित्सकको सल्लाहबिना औषधि खाएकाले सिकिस्त हुनुभएको थियो । कडा मेनिन्जाइटिसले गर्दा ढाडबाट पानी झिक्नुपर्ने अवस्था थियो ।