जनता टाइम्स

१८ फाल्गुन २०७६, आईतवार १५:५१

बालुवाटारमा आज मन्त्रिपरिषद्को आकस्मिक बैठक


 

काठमाडौं,  फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाक्नु भएको छ । स्रोतका अनुसार आइतबार साँझ पाँच बजेका लागि बालुवाटारमा बैठक डाकिएको छ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गर्छ। सोमबार प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएकाले आजै बैठक डाकिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बैठकमा कोभिड–१९ भाइरसबाट जोगिन विभिन्न देशबाट आउने उडान बन्द गर्ने र नेपालमा अन्तर्राष्ट्रिय सभा सम्मेलन तत्काल स्थगित गर्नेबारे निर्णय गर्न सक्नेछ। यससम्बन्धमा अहिले मुख्यसचिव लोकदर्शन रेग्मीलगायत अधिकारीहरू सिंहदरबारमा छलफल गरिरहेका छन्। प्रधानमन्त्री केही दिन अस्पतालमै बस्ने भएकाले अरू दैनिक प्रशासनिक निर्णय पनि आजको मन्त्रिपरिषद्ले गर्न सक्छ।