जनता टाइम्स

१८ फाल्गुन २०७६, आईतवार १५:५८

नेपालीलाई उद्धार गरेका ल्याएका विमान चालकदलका सदस्यसहित १८ जना क्वारेन्टाइनमुक्त


काठमाडौं,  फागुन १८ । चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरेका ल्याएका विमान चालक र चालकदलका सदस्यसहित १८ जना क्वारेन्टाइनमुक्त भएका छन् ।

दुई साता लामो क्वारेन्टाइनपछि जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु मुक्त भएको स्वास्थ्य सचिव खगराज बरालले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । उनीहरुलाई खरिपाटी र नगरकोट राखिएको थियो ।