जनता टाइम्स

१८ फाल्गुन २०७६, आईतवार १७:४८

अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार : जुम्लाका रतन तिरूवा पक्राउ


काठमाडौं,  फागुन १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि दुव्र्यवहार भएको छ । आइतबार नेकपा नेता तथा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा राष्ट्रिय सभागृहमा सम्बोधन गर्ने क्रममा उहाँमाथि दुव्र्यवहार भएको हो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा सम्बोधन सकेर मञ्चमा फर्कने क्रममा दर्शक दिर्घाबाट एक युवाले जुत्ता प्रहार गरेका हुन् । यद्यपी जुत्ता अध्यक्ष प्रचण्डकहाँ पुगेन । लगत्तै प्रहरीले उक्त युवालाई नियन्त्रणमा लिएको छ ।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्) का अध्यक्ष प्रकाशचन्द्र लोहनी लगायत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताको सहभागिता रहेको थियो । अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरूवा पक्राउ परेका छन्।

उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले उनीमाथि अनुसन्धान सुरू गरिएको छ ।