जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार ०७:२३

कोरोना प्रकोप फैलिन नदिन भ्रमण वर्ष स्थगित : अब सन् २०२२ मा भ्रमण वर्ष


काठमाडौं, फागुन १९  ।  सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।

अब सन् २०२२ मा भ्रमण वर्ष मनाउने निर्णय पनि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । भ्रमण वर्ष २०२० स्थगित गरी २०२२ लाई भ्रमण वर्ष घोषणा गर्न प्रधानमन्त्रीले नै प्रस्ताव गरेका हुन् ।

आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो।