जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार ०८:२८

सरकार संकटकाल घोषणा गर्ने तयारी कारण यस्तो


 

काठमाडौं, १९ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने दिनुभएको छ ।

आफूले उक्त मन्त्रालयले जिम्मेवारी सम्हालेको १०० औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो संकेत गर्नुभएको हो । सरकारले सरकारी र निजी अस्पताललाई समेत कोरोनाबाट बच्न पूर्वतयारीका साथ रहन आह्वान गरी २ महिनादेखि ४३ बेड आइसुलेसन ठीक अवस्थामा राखेको छ ।

यसबाट बच्न सीमा सुरक्षामा समेत विशेष ध्यान दिनुपरेकोले विमानस्थलमा स्वास्थ्य परीक्षण डेस्क खडा गरी जनशक्ति बढाइएकाले अब जहाज चढ्नअघि र जहाजबाट उत्रिएपछि स्वास्थ्य परीक्षण गर्ने वातावरण मिलाइएको छ ।