जनता टाइम्स

२० फाल्गुन २०७६, मंगलवार १७:०१

अर्थमन्त्री खतिवडाद्वारा राजिनामा, प्रधानमन्त्रीलाई दिइयो कार्यभार


काठमाडौं, फागुन २०

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिनु भएको छ । दुई वर्षे राष्ट्रिय सभा कार्यकाल आज रातिबाट सकिने भएपछि उहाले राजिनामा दिनु भएको हो ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन केही घण्टा मात्रै बाँकी रहँदा उहाले राजीनामा दिनु भएको छ । खतिवडाको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगिसकेको छ । राष्ट्रपतिले सो कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुभएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आज मिति २०७६ साल फागुन २० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाज्यूले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री के।पी। शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।’ उहालाई बुधबार पुन मन्त्रीमा नियुक्त गर्ने तयारी छ ।