जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १०:३२

अर्थ र सञ्चारमन्त्रीमा खतिवडा नियुक्त, आजै अपरान्ह सपथ


काठमाडौं, फागुन २१

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडालाई मन्त्रीमा पुन नियुक्ति गर्नुभएको छ । हिजो दिएको राजिनामा दिनु भएका खडिवडालाई आज मन्त्रीमा नियुक्त गरिएको हो ।

संविधान अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने र सपथ गराउने अधिकार रहेको छ ।

‘आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४–११–३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।