जनता टाइम्स

२३ फाल्गुन २०७६, शुक्रबार १६:३२

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, हिँडडुल गराउन थालियो


काठमाडौं, फागुन २३

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा तेस्रो दिन निक्कै सुधार आएको छ । बुधबार मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिनमै उहालाई हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराईरहनु भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र आजदेखि हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो ।

उहाका सबै ल्याव सूचकहरु सामान्य रहेको अस्पतालले अपरान्ह जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।