जनता टाइम्स

१ चैत्र २०७६, शनिबार १४:२८

उपचारपछि ओली–प्रचण्डबीच भेट, यस्तो भयो कुराकानी


काठमाडौं, चैत १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको हो ।

सो क्रममा अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिनुभएको उहाँको नीति सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।