जनता टाइम्स

३ चैत्र २०७६, सोमबार ११:४६

मिलनको नयाँ गीत ‘माया लाउँदा’ सार्वजनिक


काठमाडौं, चैत ३

गायिका मिलन नेवारको नयाँ गीत ‘माया लाउँदा’ सार्वजनिक भएको छ । डीपी दाहालको शब्द रचना रहेको गीतमा शम्भुजीत बास्कोटाले संगीत भरेका छन् । गीतको भिडियोमा आशिष दाहाल, करिश्मा ढकाल र सुदिप भट्टराईको अभिनय छ । रोमान्टिक गीतको भिडियोलाई नवराज घिमिरेले खिचेका छन् भने सम्पादन, कलर, तथा निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।