जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १२:४८

कालोबजारी गरेको भेटिएपछि यसरी एक्लै निस्किन्छन अनुगमनमा मन्त्री भट्ट


काठमाडौं, चैत ५

कोरोना भाइरसका कारण मानिस आतंकित भईरहेका बेला कतिपय मानवता हराएका व्यापारीले पैसा कमाउन कालो बजारी गरिरहेका छन् । सरकारले अनुगमनलाई जारी राखेपनि सबै ठाउमा पुग्न सकेको छैन । जसका कारण बजारमा खाद्यान्य संकट र भएपनि कसैले महंगोमा बेचिरहेका छन् ।

सरकारले सबै खाद्यान्य, ग्यास पेट्रोलको स्टक पूर्ण रुपमा रहेको बारम्बार जनाएपनि लाइन लाग्ने र बजारमा दैनिक उपभोग्य बस्तुको अभाव देखिन छाडेको छैन । जसले गर्दा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट विगतका मन्त्री भन्दा फरक तरिकाले अहिले बजार अनुगमन गरेका छन् । केही दिन अघि पोखरामा एक्लै बजार घुमिरहेको भेटाइएका मन्त्री भट्ट बुधबार काठमाडौंको बजारमा विहानबाट एक्लै निजी गाडीमा अनुगमन गरिरहनु भएको छ । उहाले काठमाडौंका २० पेट्रोल पम्पमा छड्के अनुगमन गर्नुभएको छ ।

बिहानैदेखि अनुगमनमा निस्किनु भएका भट्ट पुल्चोक, जावलाखेल, सोल्टी मोड, बल्खु, एकान्तकुना, कलंकी, कालीमाटीदेखि सोह्रखुट्टे सम्म पुग्नु भएको छ । मन्त्री भट्ट सुरक्षाकर्मीबिनै से‍१च ८४३ नम्बरको निजी गाडी चढेर आज बिहानबाट अनुगमनमा निस्किनु भएको हो । अनुगमनका क्रममा केही उपभोक्ताले ठूला–ठूला जर्किन र ग्यालिनमा डिजेल र पेट्रोल लिइरहेको पाइएको मन्त्री भट्टले बताउनु भयो । सामानको कृत्रिम अभाव गराएर बदमासी गर्ने केही पम्पवाला र व्यापारीहरुलाई मन्त्रालयमा बोलाइएको छ । उहाले केही उपभोक्तामा स्टक राख्ने सोचले पनि मानिसहरु आत्तिएको पाइएको बताउनु भयो ।