काठमाडौं, कात्तिक १३ । सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले बिहीबार रिजाललाई पक्राउ गरी काठमाडौं पठाएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनलाई बिहीबार नै काठमाडौं पठाइएको जनाएको छ। यद्यपि, रिजाललाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।














प्रतिक्रिया दिनुहोस्