जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १९:०९

यी हुन नेकपा सचिवालयका तीन निर्णय (सूचीसहित)


काठमाडौं, चैत ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तीन ओटा निर्णय गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले तीन निर्णय गरेको हो ।

बैठकले सफल मिर्गाैला प्रत्यारोपणको लागि पाटीृ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएको छ भने उपचारमा संलगन चिकित्सकहरू र मृगौलादातालाई धन्यवाद दिएको छ । यस्तै कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको निर्णयलाई सचिवालय बैठकले स्वागत गर्दै प्रशंसासमेत गरेको छ ।

कोरोनाको संभावित खतरा रोक्न पोखरेल नेतृत्वको समितिले आजै एईईलगायत सवै परीक्षा रोक्ने निर्णय लिएको थियो भने बिभिन्न ५५ मुलुकबाट नेपाल आउनसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेकपा बैठकले कोरोनाको बिषयमा सरकारले चालेको कदमको उच्च प्रसंशा गर्दै थप सतर्कता अपनाउन सुझाव दिएको छ । सचिवालयको आजको बैठक माक्स लगाएर नै समापन भएको थियो । आजको बैठकमा नेता माधवकुमार नेपाल भने अनुपस्थित रहनुभएको थियो ।

यी हुन तीन निर्णय

१. सफल प्रतयारोपणको लागि सम्मानीय प्रधानमन्त्रीज्यूलाई बधाई, चिकित्सकहरू र मृगौलादाताहरूलाई धन्यवाद ।

२. कोरोनाको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत उपप्रधानमन्त्री तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिको निर्णयअनुरूपका निर्णयहरूप्रति बैठकद्वारा प्रशंसा ।

३. माक्स लगाएरै बैठक बस्ने निर्णय, माक्स लगाएर बालुवाटारमा गरिएको सचिवालयको बैठक समापन ।