जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार ०६:४४

समाचारका नाममा भ्रम छर्ने अनलाइन बन्द गर्ने घोषणा


काठमाडौं, चैत ७ । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार आचारसंहिता विपरित अराजकता मच्चाउने अनलाइन सञ्चार माध्यम बन्द गर्ने चेतावनी दिनुभएको छ । कार्यबहाक अध्यक्ष श्रेष्ठले केही अनलाइन सञ्चार माध्यमले भ्रम छर्ने काम मात्र गरेकाले अब त्यस्ता अनलाइन बन्द गर्ने जानकारी दिनुभयो ।

काठमाडौंमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको पत्रकार आचारसंहिता सम्बन्धी सचेतना कार्यक्रममा कार्यबहाक अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘प्रेस काउन्सिलमा पत्रकार छन ,हामीले जति जे लेखेपनि केही हुँदैन भनेर अहमता प्रस्तुत गर्ने र पत्रकारिताको नाममा भ्रम छर्ने काम गर्ने त्यस्ता सञ्चारमाध्यम अब दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेर ब्लक गरिन्छ ।’

उहाँले गलत समाचार सामाजिक सञ्जालमा सेयर गर्ने, लाइक गर्ने र कमेन्ट गर्ने पनि कारबाहीको दायरमा आउने बताउनुभयो । अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाको बारेमा सम्झाउदै भ्रम छरेर जनतामा निराशा बाँड्ने र गलत विषय प्रवर्द्धन गर्नेहरू अब कारबाहीको दायरामा आउने उहाँको भनाई थियो ।

पत्रकारहरूले पनि कानुन मन्नु पर्छ । उनीहरू कानुन भन्दा माथि हुन्न । समाचारको नाममा भ्रमको व्यापार गर्ने र समाजमा नकारात्मक बढाउने काम प्रेस काउन्सिलले आँखा चिम्लेर हेर्दैन । अति नै भएको छ अब छाड्दैनौँ, श्रेष्ठले भन्नुभयो । सोही कार्यक्रममा कार्यबहाक अध्यक्ष श्रेष्ठले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ३ करोड नेपालीको भाग्य र भविष्य रहेको भन्दै कोरोना अर्थात कोभिड १९ को रोकथामका लागि गरेको पहलकदमीको मुक्तकण्ठले प्रशंशा गर्नुभयो ।