जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार १२:४६

कोरोना त्रास : सर्वाेच्चसहित देशभरका अदालत दुई साता बन्द, बन्दी प्रत्यक्षीकरणको रिट मात्र हेरिने


काठमाडौं, चैत ७

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु दुई साता बन्द हुने भएका छन् । शुक्रबार नै सर्वोच्च अदालतले कुनै पनि मुद्दा हेरेको छैन । यद्यपी दुई वटा इजलासमा बन्दी प्रत्यक्षीकरणको सुनुवाई भने चलिरहेको छ ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले चैत २२ गतेसम्म सबै अदालतहरु बन्द गर्ने निर्णय गरेको हो । सरकारले यसअघि नै २५ जना भन्दा बढि भेला हुन नपाउने नियम लगाएपछि सर्वोच्चले पनि त्यसको पालना गरेको हो । यद्यपी बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन ।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसियनसले पत्र लेखेर प्रधानन्यायाधीश राणालाई सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए । जिल्ला र उच्च अदालत बार एशोसियसनले पनि बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोक्न माग गरेका थिए ।