जनता टाइम्स

४ जेष्ठ २०७६, शनिबार ०९:०४

कालिमाटीमा आज यस्तो छ तरकारीको भाउ


काठमाडौं ।

कालिमाटी तरकारी थोक बजारमा निरन्तर बढेको गोलभेँडाको भाउ शनिबार केही घटेको छ। मटर कोसा र च्याउ पनि सस्तो भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेडा ७५ देखि ८०, मटरकोसा ५५ देखि ६० र च्याउ १३० देखि १४० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

रातो आलु २५ देखि २७, गाँजर ४० देखि ४५, बन्दा १० देखि १५, स्थानीय काउली ५५ देखि ६० र भण्टा ४५ देखि ५० रुपैयाँ प्रतिकिलो कायम भएको छ । घिउसिमी र परवर ५५ देखि ६०, तिते करेला ५० देखि ५५, लौका ४० देखि ४५, चिचिण्डो ४५ देखि ५० र ताजा माछा २५० देखि २५५ रुपैयाँ प्रतिकिलो किनबेच भइरहेको समितिले जनाएको छ।