काठमाडौं, चैत ९
कोरोना भाइरससँग जुध्न विश्व यतिबेला संर्घष गरिरहेको छ । मानवबीचको युद्ध भन्दा पनि भाइरससँगको युद्ध लड्न विश्वलाई अहिले जटिल बनेको छ ।
यो भाइरसको उद्गमस्थल चीनको वुहानमा अहिले पूर्णमा नियन्त्रणमा आएको छ । यो सुखद पक्ष भएपनि यसले विश्वमा नै महामारीको रुप लिएको छ । अहिले सबैभन्दा धेरै प्राताडित इटाली भएको छ । ल्याटिन अमेरिकी मुलुक अल साल्वाडोरको भनाई मान्ने हो भने, इटालीले शुरुमै गल्ती गर्यो जसका कारण यो अवस्था आयो । यसबाट विश्वले पाठ सिक्नुपर्छ भन्ने भनाई छ ।
विश्वसँग आवागमनमा केही समय प्रतिवन्ध लगाउनु र मानिसहरु एक आपसमा केही निश्चित दुरीमा रहेर बस्नु नै यसको उचित रोकथाम गर्ने प्रयास हो ।
जसका लागि निम्न अनुसारको कुरा गर्नु आवश्यक हुन्छ ।
–सरसफाईमा उचित ध्यान दिनुहोस्
– साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।
– भीडभाडबाट टाढै रहनु होस्,
– सकेसम्म घरमै बस्नुहोस्,
– अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,
– हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्,
– चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्,
– धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र
– सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।
संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबैले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुपर्दछ ।
सरकारले कतिपय उचित कदम चालेको छ । जसलाई आम नागरिकदेखी सबैले सहयोग र समर्थन गर्नुपर्दछ । समाजमा केही अराजकतत्व वा अज्ञानी पनि छन् तिनीहरुका कुरालाई सामाजिक सञ्जालमा सेयर वा पोष्ट गरेर अफवाह फैलाउन नदिनु हरेक नागरिकको दायित्व हो । किनकी अहिले गर्नुपर्ने कार्य भनेको तपाईको जिवन बचाउन चालिएको कदम हो । तसर्थ यी कार्यहरु दैनिक रुपमा गर्नुहोस्, अरुलाई पनि सिकाउनु होस् । किनकी यो जिन्दगीको सवाल हो ।
प्रतिक्रिया दिनुहोस्