जनता टाइम्स

४ जेष्ठ २०७६, शनिबार १२:२६

भदौबाट नेकपाका जिल्ला अधिवशेन शुरु हुने अध्यक्ष प्रचण्डको खुलासा


सिन्धुली ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिल्ला कमिटीको अधिवेशन भदौंबाट शुरु गरिने जानकारी दिनुभएको छ । उहाले अहिले गठन भएका कमिटिले भदौदेखी मंसिर भित्र जिल्ला अधिवशेन गराउने गरी तयारी भईरहेको जानकारी दिनुभएको हो ।

सिन्धुली जिल्लाको सुनपानी गाउँपालिकाका आज विहान स्थानीय नेता तथा कार्यकर्तासँग बोल्दै उहाले पार्टी सचिवालयले अब महाधिवेशनतर्फ आफ्नो ध्यान केन्द्रीत गरिरहेको बताउनु भयो । ‘भदौंबाट जिल्ला अधिवेशनमा जानुपर्छ भन्ने मोटामोटी सहमति भएको छ’, उहाले अगाडी भन्नुभयो,‘भदौंदेखी मंसिरसम्म ७७ जिल्लाको र अरु पनि कमिटीको अधिवेशन सक्न पाइयो भने त्यसपछि महाधिवेशनतिर केन्द्रीत हुने भनेर हामी सोच्दैछौं ।’

अध्यक्ष प्रचण्डले एकताका काम आइतवार बस्ने सचिवालय बैठकले सक्ने जानकारी समेत गराउनु भयो । उहाले एकता टुंगिएपछि सातै प्रदेशमा केन्द्रीयस्तरका नेताबाट सम्वोधन गर्ने कार्यक्रम तय हुने पनि बताउनु भयो । एकताको सन्देश दिनका लागि सातै प्रदेशमा केन्द्रीय नेताले सम्वोधन गर्ने कार्यक्रम तय हुने भनाई राख्नुभयो । साथै उहाले आउदो बजेट जनमुखी हुने समेत जानकारी गराउनु भयो ।