जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १०:५२

हवाई क्षेत्रमा लागु भयो लकडाउन


काठमाडौं, चैत ११

सरकारले कोरोना भाइरसविरुद्धको संकट टार्न आजबाट एकसाता देशभर लकडाउन गरेको छ । लकडाउनका कतिपय ठाँउमा मानिसहरुले अवज्ञा गरिरहेका छन् । चितवनबाट नियम उल्लंधन गर्ने १० जनालाई पक्राउ गरेको समाचारहरु आएका छन् ।

तर, नेपालको हवाई क्षेत्रमा भने लकडाउनले पूर्ण रुपमा काम गरेको छ । नेपाली आकाशमा अहिले कुनै पनि जहाज रहेका छैनन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार कुनै पनि उडानहरु भएका छैनन् । आन्तरिक उडानहरु भएका छैनन् भने अन्तराष्ट्रिय उडानमा तीन वटा जहाजले मात्र अनुमति लिएका छन् ।