काठमाडौं, चैत १२ । लकडाउनको समयमा प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका ११ भण्डारी टोल बस्ने स्याङ्जा मालुङ्गा गाउँपालिका ६ राम्दीघाट घर भएका ५४ वर्षीय सूर्य ज्वारचनलाई बाह्र बोरको दुईनाले बन्दुक १ थान र सर्ट राईफल १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत कास्कीको आइतबारको पत्रादेश अनुसार महानगरीय प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले ज्वारचनको कोठामा तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ ज्वारचनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको महानगरीय प्रहरी वृत महाराजगंजले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्