जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १६:५५

कारोनाबिरुद्धको लडाइ जित्न पूर्वस्वास्थ्यमन्त्री गगन थापाले दिए प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव


काठमाडौं, चैत १२ । पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार ध्यानाकर्षण पत्र लेखेर सरकारले कोरोना भाईरस (कोभिड–१९) को महासंकटसँग जुध्न गरेको कामको प्रसंसा गर्दै तयारी भने पर्याप्त नभएको जनाउनु भएको छ । सरकारले अहिलेसम्म गरेका प्रयासको प्रशंसा गर्दै पूर्वस्वास्थ्यमन्त्री थापाले महासंकटसँग जुध्न प्रधानमन्त्रीलाई लिखित सुझाव दिनुभएको छ ।

‘यो महासंकटसँग जुध्ने क्रममा हामीले जे गरिरहेका छौं, यो पर्याप्त छैन । जसरी गरिरहेका छौं, यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न । त्यसैले, सरकारले तत्काल गर्नैपर्ने मैले देखेका केही विषयमा यहाँको ध्यानाकर्षण राउन यो पत्र लेखेको छु,’ थापाले प्रधानमन्त्रीलाई लेखेको पत्रमाभनिएको छ । थापाले प्रमुखरुपमा संभावित संक्रमितहरुको परीक्षण संख्या बढाउनु पर्नेमा जोड दिनुभएको छ ।