जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १८:१७

टेलिकमले दियो खुशीको खवर : रिर्चाज बराबरकै बोनस दिने


काठमाण्डौ, चैत १२

नेपाल टेलिकमले संकटका बेला आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस दिने भएको छ । बुधबार रातिदेखि सो सेवा उपलब्ध गराउन सुरु गर्ने जानकारी दिएको छ ।

बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ । यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् । सरकारले यसअघि सबै टेलिकमलाई यस्तो सेवा दिन र २०० रुपैयाँसम्म सापटी दिन निर्देशन दिएको थियो ।