जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १९:०४

सरकारी सेवामा कार्यरत पन्थी दम्पत्तिले दिए कोरोना राहत कोषमा आधा महिनाको तलव


काठमाडौं, चैत १२ । सरकारी सेवामा कार्यरत अधिकृतद्वय गोबिन्द पन्थी र पत्नी शारदा पन्थी मरासिनीले आधा महिनाको तवल कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ । सरकारले कोरोनाबिरुद्ध लडनका लागि बनाएको कोषमा एक महिनाको तलव जम्मा गर्ने घोषणा पन्थी जोडीले गर्नुभएको हो ।

विकसित मुलुकदेखि बिकासोन्मुख देश का जनमानसमा सन्त्रास फैलाउदै फैलिएको कोरोना भाइरस (कोभिड १९) का बिरुद्ध नेपाल सरकारले खोलेको आपतकालिन राहत कोष मा हामी दुबै जना सरकारी सेवामा रहेकोले यस महिना एक जनाको तलबले घरपरिवार चलाइ एक जनाको एक महिनाको तलब उक्त राहत कोषमा जम्मा गरी सरकारलाई सहयोग गर्ने निर्णय गरेका छौं, पन्थी दम्पत्तिले जनताटाइम्ससँग भन्नुभयो ।

सरकारी कोषमा तलव जम्मा गर्ने घोषणा गर्नुभएका पन्थी नेपाल प्रहरीको प्रहरी निरीक्षक र पत्नी शारदा महालेखा नियन्त्रण कार्यालयमा कार्यरत लेखा अधिकृत हुनुहुन्छ । पन्थी महानगरिय प्रहरी प्रभाग साखुमा कार्यरत हुनुहुन्छ । पन्थी जोडीको यस कार्यलाई सवैले प्रसंशा गरेका छन ।