जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार ०९:३१

कोरोनाले लियो २१ हजार २९१ को ज्यान (सूचीसहित)


काठमाडौं, चैत १३ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । बिश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २१ हजार २ सय ९१ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ लाख ७१ हजार ४४ जना पुगेको छ । कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयताको तीन महिनाको अवधिमा विश्वका १ सय ९७ देश तथा भूभागमा यो भाइरस फैलिएको छ।

वल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार हालसम्म ४ लाख ७१ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये २१ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख १३ हजार २ सय २८ जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्किएका छन्।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने देशको सुचीमा इटाली पहिलो नम्बरमा रहेको छ भने दोस्रोमा स्पेन र तेस्रोमा चीन रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ । इटलीमा अहिलेसम्म ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ भने स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । यस्तै चीनमा ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इरानमा २ हजार ७७ जना, फ्रान्समा १ हजार ३ सय ३१ जना, अमेरिकामा १ हजार २७ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै बेलायतमा ४ सय ६५ जना नेदरल्यान्ड्समा ३ सय ५६ जना, जर्मनीमा २ सय ६ जना र बेल्जियममा १ सय ७८ जनाको मृत्यु भएको ।