जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार १३:१४

शुक्रबारबाट आधा सिलिन्डरमात्र ग्यास पाइने


काठमाडौं, चैत १३

बजारमा शुक्रबारदेखि आधा सिलिन्डर ग्यास उपलब्ध हुने भएको छ । कोरोना भाइरसका कारण आपूर्ति बिथोलिएर ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै आधा सिलिन्डर ग्यास बजारमा उपलब्ध हुने भएका हुन् ।

पुरा सिलिन्डरको तौल १४.२ केजी हुने गर्दछ तर, अब बजारमा पाइने ग्यासमा ७.१ केजी हुनेछ । नेपाल आयल निगमले एलपी ग्यास उद्योगीहरूलाई आधा भरिएको सिलिन्डर बजारमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

यही विषयमा बिहीबार मन्त्रालयले ग्यास उद्योगीलाई छलफलका लागि बोलाएको छ । आधा ग्यास उपलब्ध गराउने विषयमा ग्यास उद्योगी पनि सकारात्मक देखिएका छन् । यसअघि नाकाबन्दीका बेलामा आधा भरिएको ग्यास सिलिन्डर बजारमा उपलब्ध गराइएको थियो ।