जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार १५:५०

एक करोड बरावरको स्वास्थ्य सामाग्री सरकारलाई उलपब्ध गराउने बिशाल ग्रूपको घोषणा


काठमाडौं, चैत १३ । नेपालको प्रतिष्ठित ब्यापारिक घराना बिशाल ग्रुप फाउण्डेशनले एक करोड रुपैया बरावरको स्वास्थ्य सामाग्री सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । बिशाल ग्रुपका तर्फबाट उद्योगपति अशोक अग्रवालले आज सामाजिक सञ्जालमार्फत संकटको बेलामा सरकारसँग सहकार्य गर्ने नीतिसहित एक करोड बरावरको स्वास्थ्य सामाग्री सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी गराउनु भएको हो ।

‘कोरोनाको महामारी फैलिएको यस्तो संकटको बेलामा सरकारलाई साथ दिनु हामी सवैको दायित्व र कर्तब्य हो, हामी सरकारलाई सघाउँदै स्वाथ्य सामाग्रि खरिद गरी सरकारले भनेका निकायमा बुझाउने छौं,’ जनताटाइम्ससँग अग्रवालले भन्नुभयो । उहाँले कोरोनाबिरुद्धको लडाईमा सरकारलाई सघाउन आफ्नो फाउण्डेशनले अधिकतम पहल गर्ने जानकारी पनि दिनुभयो ।

स्वास्थ्य सामाग्री खरिदका लागि बिभिन्न बिदेशी कम्पनीहरुसँग कुराकानी भइरहेको र चाँडै सामाग्री नेपाल ल्याएरहस्तान्तरण गर्ने अग्रवालले जानकारी दिनुभयो । उहाँले संकटको यस घडीमा बिना आग्रह वा पूर्वाग्रह सरकारलाई सघाउँदै अघि बढन पनि सवै ब्यापारिक समुदाय र नागरिकसँग अपिल गर्नुभयो ।