जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार १९:२७

५ लाख पुगे कोरोना संक्रमित, २२ हजार बढीको मृत्यु


काठमाडौं, चैत १३ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ हजार नाघेको छ । बिश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २२ हजार १ सय ५६ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ लाख ९० हजार २ सय ५४ जना पुगेको छ । कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयताको तीन महिनाको अवधिमा विश्वका १ सय ९७ देश तथा भूभागमा यो भाइरस फैलिएको छ।

वल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार हालसम्म ४ लाख ९० हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये २२ हजार १ सय ५६ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख १८ हजार ६० जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्किएका छन्।

कोरोना भाइरसको संक्रमणबाट सवैभन्दा बढी इटालीमा मृत्यु भएको छ भने स्पेन दोस्रो नम्बरमा रहेको छ । बिश्व बैंकको तथ्यांकअनुसार कोरोना उदगमस्थल चीन तेस्रो नम्बरमा रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ । इटलीमा अहिलेसम्म ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ हजार ८९ जनाको मृत्यु भएको छ । यस्तै चीनमा ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इरानमा २ हजार २ सय ३४ जना, फ्रान्समा १ हजार ३ सय ३१ जना, अमेरिकामा १ हजार ३७ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै बेलायतमा ४ सय ६५ जना नेदरल्यान्ड्समा ४ सय ३४ जना, जर्मनीमा २ सय २४ जना र बेल्जियममा २ सय २० जनाको मृत्यु भएको छ । यस्तै भारतमा १४ जनाको मृत्यु भएको छ ।