काठमाडौं, चैत १६ । नेपाली रेडियोहरुको साझा संस्था सामुदायिक रेडियो प्रसारक संघ ( अकराव) का पूर्वअध्यक्ष मोहन चापागाईँले विश्व कोभिड १९ को महामारीको चपेटामा परिरहेका बेला सरकारको बिरोध गर्नु गलत भएको बताउनुभएको छ । उहांँले रासससँग कुरा गर्दै भन्नुभयो, “ उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिई लगायत सामग्री ल्याएन भनेर सरकारविरूद्व विष वमन गर्नेहरू नै अहिले सबैभन्दा चर्को स्वरमा अनियमितता भयो भन्न थालेका छन् ।”
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष चापागार्इँले यतिबेला सबै जनताले सरकारलाई सहयोग गर्नुपर्ने तथा सबै मानव जाति जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । सञ्चार क्षेत्रले कोभिड नियन्त्रण, रोकथाम र उपचारका विषयमा सत्यतथ्य समाचार प्रकाशन र प्रसारण गरेर गहन जिम्मेवारी पूरा गर्नुपर्ने पनि उहाँको कथन छ । पत्रकार चापागाईँले भन्नुभयो, “ आफू सुरक्षित भई विश्वसनीय र महत्वपूर्ण सूचना सम्प्रेषणमा नेपाली मिडिया विगतमा भन्दा अझै जिम्मेवार हुनुपर्छ ।”
प्रतिक्रिया दिनुहोस्