जनता टाइम्स

१७ चैत्र २०७६, सोमबार १०:४२

नेपाल टेलिकमको मोबाइल रिचार्ज गर्दा बोनस आएन ? यसरी लिन सकिन्छ रिचार्ज बराबरको बोनस


काठमाडौं, चैत १७ । नेपाल टेलिकमले गत बुधबार १२ बजेदेखि रिर्चाज बराबरकै बोनस सुविधा शुरु भएपछि मेरोमा आएन भन्दै धेरैले गुनासो गरेको पाइएको छ । यस्तो सुविधा लिनको लागि धेरै पटक रिचार्ज गरेर ट्राई गरेको तर नपाएको गुनासो पनि देखिएकोछ । रिचार्ज हाल्दापनि नआएको गुनासोहरु सामाजिक सञ्जालमा यत्रयत्र देखिएका छन् । तर, नआत्तिनुुस हामीले रिचार्ज बरावरकै बोनस लिने तरिकाबारे जानकारी दिएका छौं ।

बोनस सुविधाको लिनको लागि तपाईले निश्चित प्रक्रिया पुर्याउनुपर्ने हुन्छ । जस्तो तपाईले १०० को रिचार्ज हाल्दा २०० वा ५० को रिचार्ज हाल्दा एक सय रुपैयाँ हुनुपर्यो तर, यो मोबाइल व्यालेन्समा भने देखिदैन । तपाईले कसैलाई कल गर्दा पहिला हालेको रिचार्ज बरावरको रुपैयाँ नकाट्टि बोनस बापतको पैसाँ काटिन्छ । प्राय मोबाइल व्यालेन्समै नजोडि आएकाले तपाईहरु अलमलिनु भएको हुनसक्छ । अर्को सेवाप्रदायक एन्सेलमा भने डाइरेक्ट रिर्चाज हाल्दा आधा बोनस आइहाल्छ भने टेलिकमको प्रक्रिया अर्कै छ ।

यसरी लिनुस् रिचार्ज बराबरको बोनस

सुरुमा तपाईले १०० अथवा ५० को रिचार्ज कार्ड आफ्नो मोबाइलमा हाल्नुपर्ने हुन्छ । सो रिचार्ज भईसकेपछि तपाईलाई रिचार्जकार्ड भएको अथवा पैसा आफ्नो मोबाइल व्यालेन्समा भएको म्यासेज आउँछ । त्यसपछि तपाईले बोनस प्रक्रियाको लागि टेलिकमलाई म्यासेजमार्फत रिक्वेस्ट गर्नुपर्ने हुन्छ । त्यसका लागि म्यासेज बक्समा गइ स्मल लेटरमा ‘एफ’ ‘आर’ टाइप गरी १४१५ मा सेन्ड गर्नुपर्छ । तपाईले म्यासेज पठाएको केही सेकेन्डभित्रै टेलिकमले तपाईलाई बोनस आएको म्यासेज पठाउँछ । यसरी तपाईले लकडाउनको बेलामा टेलिकमको यो सेवा लिन सक्नुहुने छ ।