जनता टाइम्स

२० चैत्र २०७६, बिहीबार १४:४५

आयल निगमले गर्यो कोरोना कोषमा ५० करोड सहयोग


काठमाडौं, चैत २० । नेपाल आयल निगमले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकमको चेक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको छ ।