काठमाडौं, चैत २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले पूर्वसचिव भीम उपाध्यायलाई कडा जवाफ दिनुभएको छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचारसँगै पूर्वसचिव उपाध्यायले कोइरालाविरुद्ध ट्विट गरेपछि जवाफमा स्वास्थ्यसचिव कोइरालाले कडा जवाफ फर्काउनु भएको हो ।
पूर्वसचिव भीम उपाध्यायले आफ्नो हृयाण्डलबाट एउटा ट्विट गर्नुभएको थियो । सो ट्विटबाट उपाध्यायले स्वास्थ्य सामग्री खरिदमा संलग्नहरु पदमुक्त हुने दावी गर्नुभएको थियो । उपाध्यायले ट्विटमा लेख्नुभएको छ, ‘भोलि आईतबारसम्म विष्णु रिमाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्यसचिव यादव कोईराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ पदबाट हटे भने भने अचम्म नमान्नु होला । नभए होलसेलमै पदमुक्त हुन बाध्य हुनसक्छ ।’
त्यसको जवाफमा केही समयपछि नै स्वास्थ्य सचिव यादव कोइरालाले उपाध्यायलाई जवाफ दिनभएको छ । पूर्वसचिव उपाध्याय मेलम्ची खानेपानी आयोजनाको अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै आफ्नो चरित्रहत्या नगर्न चेतावनी उहाँको छ । ‘भीमजी, मेलम्चीमा यहाँले भ्रष्टाचार गरेको समाचार पढ्दा मलाई पनि त्यस्तै लागेको थियो । हेक्का रहोस्, अपराधीले अरुलाई पनि अपराधी नै देख्छन । म देश र जनताको नोकर हुँ । तपाईजस्तो अहंकारी अपराधी होइन । म अपराधी र देशद्रोही होइन, फेरि पनि हेक्का रहोस् । कोठामा बसेर अरुको चरित्र हत्या नगर,’ कोइरालाको जवाफ छ ।
चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय हुँदा स्वास्थ्य सेवा विभागबाट तयार भएको प्रस्ताव स्वास्थ्य सचिव कोइराला हुँदै मन्त्री भानुभक्त ढकालबाट अनुमोदन भएको थियो । विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका उपाध्याय नेपाल ट्रष्टको कार्यालयबाट अवकाश हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्