काठमाडौं, चैत २७
सरकारले काठमाडौं जान खोज्नेलाई तत्काल नपठाउने भएको छ । सञ्चारमाध्यममा आयोजस्तो शुक्रबार वा शनिवार लैजाने कुनै तयारी नभएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो ।
सञ्चारमाध्यममा शुक्रबार र शनिवार राजधानी बाहिर जान चाहानेलाई पठाउने निर्णय भएको भनि समाचार आएका थिए । यद्यपी मन्त्री नेम्वाङले यसविषयमा छलफल भने भईरहेको बताउनु भएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको बैठकमा सामान्य छलफल भएपनि कुनै निर्णय नभएको मन्त्रीहरुले बताउनु भएको छ । यद्यपी यो समितिको बैठक आज भने बसेको छैन । समाचार आएपछि मन्त्री नेम्वाङसहितका केही मन्त्रीहरु उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुग्नु भएको थियो ।
उपप्रधानमन्त्री पोखरेलले बाहिर पठाउने विषयमा सामान्य छलफल मात्र भएको तर कुनै निर्णय भईनसकेको जानकारी गराउनु भएको थियो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि तत्काल कसैलाई पनि कहिबाट आवातजावत गर्न दिननहुने मत राख्नु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्