जनता टाइम्स

२८ चैत्र २०७६, शुक्रबार ०९:३६

१ सय १ वर्षीय वृद्धले जिते कोरोना भाइरसलाई : बुहारीले भनिन्, उहाँ गज्जबको हुनुहुन्छ


काठमाडौं, चैत २८ । कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर कोरोनाबाट सङ्क्रमित भएका एक जना एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् ।

बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ ।

उनकी बुहारीले भनिन्, ुउहाँ यो उमेरमा पनि गज्जबको हुनुहुन्छ । उनी अस्पतालबाट फर्किएपछि घरका सबै सदस्यले उनीसँग फोटो खिचाए र फेसबुमा शेयर पनि गरे । यो फोटो अहिलेसम्म तीन हजारभन्दा शेयर भएको छ भने पाँच सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।