जनता टाइम्स

२९ चैत्र २०७६, शनिबार ०७:०६

लकडाउनलाई खुकुलो पार्न हतार नगरौं – डब्लुएचओ


काठमाडौं, चैत २९।  कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाहरुहरु चाँडै नै अन्त्य गर्दा संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । स्पेन र इटालीमा निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रका केही कामहरु सोमबारदेखि सञ्चालन गर्ने तयारी गरे सगै यस्तो चेतावनी दिएको हो ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु पर्ने बताएका छन् । प्रतिबन्धका कारण आर्थिक समस्या या संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले हतारो गर्न नहुनेमा उनले जोड दिएका छन् । युरोपमा सबै भन्दा बढी प्रभावित भएका स्पेन र इटालीमा केही प्रतिबन्धहरु खुकुलो पारिएको छ र त्यहाँ लकडाउन भने लागु छ ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट झण्डै १७ लाख मानिस संक्रमित भएका छन् । यस्तै मृत्यु हुनेको संख्या एक लाख नाखेको छ ।
जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुख डा. टेडरोजले युरोपका केही देशमा महामारी केही कम भएको देखिएको बताए । डब्लुएचओले विश्वका सरकारहरुसँग जारी प्रतिबन्धहरु फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको बताए । तर त्यसका लागि हतारा भने नरिने उनको भनाई छ ।

लकडाउन हतारमा फुकुवा गर्दा संक्रमण पुनः पहिले भन्दा घातक बनेर फैलिने जोखिम हुनेहुदा राम्रोसँग व्यवस्थापन गरेरमात्र लकाडाउनलाई खुल्ला गर्नुपर्ने उनले बताए । स्पेन र इटालीमा निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रका केही कामहरु सोमबारदेखि सञ्चालन गर्ने तयारी छ । कामदारहरुलाई यी क्षेत्रमा जान दिने तयारी थालिएको छ । यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै डब्लुएचओले सचेत गराएको हो । तर स्पेन र इटालीका सरकारले सामाजिक दूरी भने कामय गर्न भनेका छन् ।