काठमाडौं, चैत ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमति प्रदेशले कोरोनाको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले हालसम्म चालेका कदमहरु प्रभावकारी रहेको निश्कर्ष निकालेको छ ।
नेकपा बागमति प्रदेशका अध्यक्ष नारायण दाहाल र सचिव आनन्दप्रसाद पोखरेलले एक बिज्ञप्ती जारी गरी यस्तो निश्कर्ष सार्वजनिक गर्नुभएको हो । नेकपा बागमतिले कोरोना रोकथाम तथा नियन्त्रणमा कुनै पनि कमजोरी हुन नदिन तीनै तहका सरकारलाई आग्रहसमेत गरेको छ ।
‘नेपाल सरकारले अझ गम्भीर हुँदै स्वास्थ्य उपचारको दायरा फराकिलो बनाएर परीक्षणको लागि ल्याव बिस्तार गरी प्रत्येक जिल्लामा पुर्याई थप जनशक्तिको ब्यवस्थापन गर्नुपर्दछ,’ बिज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्