काठमाडौं, बैशाख १
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषलाई दिने घोषणा गर्नुभएको छ ।
एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजका लागि दिने श्रेष्ठले बताउनु भएको हो । ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं । यसबेला एकतावद्ध भई आ–आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ,’ सोमबार ट्वीट गर्दै श्रेष्ठले भन्नुभएको छ, ‘यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड(१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु ।’
यस्तो छ उहाको ट्विट
प्रतिक्रिया दिनुहोस्