जनता टाइम्स

१ बैशाख २०७७, सोमबार १७:१०

रौतहटका संक्रमित लकडाउनका बेला भारतबाट आएको खुल्यो


रौतहट, बैशाख १

रौतहटमा भेटिएका कोरोना संक्रमित युवा लकडाउनका बेला भारतबाट आएको खुलेको छ । इशनाथ नगरपालिका–५ मोतिपुरका ती युवा लक डाउनको बेला नयाँदिल्लीबाट नेपाल आएको खुलेको हो ।

खुला सीमाना भएकाले उनी चैत १७ गते नेपाल आएका थिए । स्थानीयले उनि आएको थाहा पाउन साथ क्वारेन्टाइनमा राखेका थिए । इशनाथ नगरपालिकाको सीमा भारतसँग जोडिएको छ । ती युवकलाई क्वारेन्टाइनमा राखेको औरहैया विहारसँग जोडिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार संक्रमित युवालाई अस्पताल पठाउने तयारी भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।