जनता टाइम्स

२ बैशाख २०७७, मंगलवार १४:१६

सनसिटीमा बस्ने करिव २ हजार जनाको कोरोना परीक्षण शुरु


काठमाडौं, चैत २

पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना भाइरसको परिक्षण हुने भएको छ । बेलायतबाट चार साताअघि आएका एकै परिवारका तीन जनामध्ये दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा बस्ने ५ सय परिवारका करिब २ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिने भएको हो ।

अहिले उक्त अपार्मेन्ट सिल गरिएको छ भने सबैको परीक्षण सोमबारदेखि नै सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनीहरुसँग संलग्नहरुको ट्रेसिङ गर्ने काम पनि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले विदेशबाट आएका मानिसलाई र्‍यापिड टेस्ट गर्ने क्रममा अपार्टमेन्टको १५ औँ तलामा बस्दै आएका आमा, छोरा र बुहारी गरी तीनजनामा प्रारम्भिक चरणमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुलाई पाटन अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ।