जनता टाइम्स

६ बैशाख २०७७, शनिबार ०६:५१

विश्वभर कोरोना : २२ लाख ४९ हजारबढि संक्रमित, ५ लाख ७१ हजार ५ सय ४३ जना भने उपचारपछि निको


काठमाडौं,बैशाख ६  । विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २२ लाख ४९ हजार हजार २ सय ३८ पुगेको छ।

संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ७ लाख ९ हजार ७ सय ३५जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै स्पेनमा १ लाख ९० हजार ८ सय ३९, इटालीमा १ लाख ७२ हजार ४ सय ३४, फ्रान्समा १ लाख ४९ हजार १ सय ३०, जर्मनीमा १ लाख ४१ हजार ३ सय ९७, बेलायतमा १ लाख ९ हजार ७ सय ६९ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार बिहानसम्मको तथ्यांक अनुसार, १ लाख ५४ हजार ५ सय १० जनाको मृत्यु भएको छ।

मृत्यु हुनेको संख्यामा अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ३७ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ। अमेरिकाको क्विन्स राज्यमा अन्य राज्यमा भन्दा बढी क्षति देखिएको छ। इटालीमा २२ हजार ७ सय ४५, स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६ सय ८१, बेलायतमा १४ हजार ५ सय ७६ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, ५ लाख ७१ हजार ५ सय ४३ जना भने उपचारपछि निको भएका छन्। निको हुनेको संख्या जर्मनीमा सबैभन्दा बढी छ। त्यहाँ ८३ हजार १ सय १४ जना संक्रमणपछि पनि निको भइसकेका छन्। त्यस्तै चीनमा ७७ हजार ५ सय ५२, स्पेनमा ७४ हजार ७ सय ९७ जना निको भइसकेका छन्।