जनता टाइम्स

६ बैशाख २०७७, शनिबार ०७:१६

कोरोना सङ्क्रमित १२ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्टमा कोरोना देखिएको थिएन


काठमाडौं,  बैशाख ६ । उदयपुरमा कोभिड–१९ को सङ्क्रमण देखिएका १२ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट आरडीटीमा कोरोना नभएको रिपोर्ट आएको पाइएको छ ।

त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा रहेको मस्जिदमा एक महिना अघि आइपुगेका १२ जना भारतीय र चारजना विराटनगरका सहित १६ जनाको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिनुभयो ।

तर उनीहरु बाहिरबाट आएका भएकाले पीसीआर विधिबाट पनि परीक्षण गरिरार्खौँ भनेर परीक्षण गर्दा उनीहरुमध्ये १२ जनामा कोभिड १९ को सङ्क्रमण भएको रिपोर्ट आएको उहाँले बताउनुभयो । यसैबिच, कोभिड १९ देखिएका १२ जना र अरु चारजनासहित १६ जनालाई विराटनगर लगिएको छ ।