जनता टाइम्स

८ बैशाख २०७७, सोमबार ०८:४८

बन्यो डिआइजीको सरुवा सूची, कुन प्रदेशमा को ?


काठमाडौं, बैशाख ८ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका प्रहरी नायव महानिरीक्षक डिआइजी) को पदबहाली तथा पदस्थापनको अन्तिम गृहकार्य गरी गृह मन्त्रालयमा सिफारिश गरेको छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले लामोगृहकार्यपछि डिआइजीको पदस्थापनका लागि मन्त्रालयमा सिफारिश गर्नुभएको हो ।

प्रहरी प्रधान कार्यालयको सिफारिशअनुसार गृह मन्त्रालयले आजै बढुवा भएको डिआइजीलाई दज्र्यानी चिन्ह प्रदान गरेसँगै पदस्थापनको निर्णय गरी सवै प्रदेशमा पदस्थापन गर्ने तयारी गरेको छ । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले प्रदेश १ मा ईश्वरबाबू कार्की, प्रदेश २ मा धीरजप्रताप सिंह, बागमति प्रदेशमा वसन्त लामाको पदस्थापन हुन लागेको छ ।

यसैगरी गडकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीको पदस्थापन गर्न लागिएको छ । यस्तै सहकुल थापा सीआईबी, अरुण बिसी अख्तियार, प्रध्युम्न कार्की विशेष ब्युरो, निरज शाही हेडक्वार्टर, प्रकाशजंग कार्की एकेडेमी र सुर्य उपाध्याय राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा गर्न लागिएको छ ।