जनता टाइम्स

८ बैशाख २०७७, सोमबार १०:४८

मन्त्रिपरिषद्को बैठक बस्दै, पछिल्लो अवस्थाका बारेमा छलफल हुने


काठमाडौं, बैशाख ८

पछिल्लो अवस्थाका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । नियमित भनेर बिहान ११ बजे बैठक बोलाइएको हो ।

सरकारका नियमित काम कारबाहीका विषयमा नै छलफलको एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिनुभयो । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गरिरहेको काम कारबाहीको समिक्षा तथा थप रणनीति बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।

पछिल्लो समयमा थप गरिएको लकडाउन १५ वैशाखसम्म कायम गरिएको छ । सरकारले बैशाख १५ पछि लकडाउनलाई परिमार्जन गर्ने तयारी पनि गरेको छ । तर कुन मोडल अनुसार अगाडी बढ्ने भनेर टुंगो नलागेकाले त्यसविषयमा पनि थप छलफल हुन सक्ने बताइएको छ । लकडाउनका कारण काठमाडौंबाट घर फर्किने मजदुर अलपत्र परेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।