जनता टाइम्स

८ बैशाख २०७७, सोमबार १०:५५

श्रमिकलाई सहयोग गर्दै नेकपा, खान बस्न समस्या भए यी नम्बरमा फोन गर्नुहोस्


काठमाडौं, बैशाख ८

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लकडाउनका कारण समस्या भए फोन गर्न आग्रह गरेको छ । विभिन्न फोन नम्बर उपलब्ध गराउदै नेकपाले खानबस्नको समस्याले काठमाडौंं नछाड्न आग्रह गरेको हो ।

नेकपाको काठमाडौं जिल्ला कमिटीले एक अपिल जारी गर्दै श्रमिकहरुलाई यथास्थानमा बस्न आग्रह गरेको छ । खान र बस्नको समस्याले कसैले काठमाडौं छोड्नुपर्ने अवस्था नआउने नेकपा काठमाडौं जिल्ला कार्यालयद्वारा जारी अपिलमा भनिएको छ ।

‘तपाई रहनु भएको वडाका जनप्रतिनिधि, मेयर, उपमेयर, जिल्ला समन्वयका प्रमुख, उपप्रमुख, सदस्य, प्रदेश तथा संघीय सांसदहरुको सम्पर्कमा पुग्नुहोस्’, अपिलमा भनिएको छ, ‘तपाईको समस्या समाधान हुनेछ । आवश्यक परेमा नेकपाको जिल्ला, नगर र वडा कमिटीहरु हरदम समन्वय गर्न तयार छ ।’ अफ्ट्यारोमा परेकालाई सहयोग गर्न काठमाडौं जिल्ला कमिटीका सदस्यहरुको नाम र टेलिफोन नम्बरसमेत उपलव्ध गराइएको छ ।