जनता टाइम्स

८ बैशाख २०७७, सोमबार १७:०५

नेकपाले बोलायो सचिवालयको बैठक


काठमाडौं, बैशाख ८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी भएपछि सचिवालय बैठक डाकिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले साढे पाँच बजे सचिवालय बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्था र लकडाउनका विषयमा छलफल हुने बताइएको छ । सचिवालय सदस्यले बैठक बोलाउन माग गरेपछि अध्यक्षद्वयले सचिवालय बैठक आव्हान गर्नुभएको हो ।