काठमाडौं, बैशाख १४ । नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा आलीबिनाको नेकपाको कल्पना गर्नेहरुलाई रामापिथेकसको कथा स्मरण गराउनु भएको छ । नेकपाकै कतिपय अराजक समुहले ओलीबिनाको नेकपा बनाउने भन्दै बिदेसी प्रतिक्रियावादीको गोटी बनेर अभियान चलाइरहेको पाइएपछि बाँस्कोटाले यस्तो स्मरण गराउनु भएको हो ।
‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन भने तिनिहरुले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ?,’ पूर्वमन्त्री बाँस्कोटाले भन्नुभएको छ । उहाँले केही दिनयता प्रधानमन्त्री ओलीबिरुद्ध सचिवालय नेताहरुको गुट भेला र मिडियामा चलाइएको ओलीबिरोधी अभियानबारे पनि कडा झटारो हान्नुभएको छ ।
यस्तो छ बाँस्कोटाको भनाई
ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन भने तिनिहरुले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनितिको हैन, राजनितिले गणितको फैसला गर्छ। तिनाउको किनारमा रामापिथेकसको नलिहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाण्डौमा बस्ती नै बसाउन सक्ने थिएनन ।
प्रतिक्रिया दिनुहोस्