जनता टाइम्स

१५ बैशाख २०७७, सोमबार १८:३९

प्रचण्डसँगको बैठकपछि ओली र नेपालबिरुद्ध खनिए झलनाथ खनाल : दिए यति कठोर अभिब्यक्ति


काठमाडौं, बैशाख १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालप्रति कडा प्रहार गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग तीन घण्टा लामोबार्ता गरेर फर्कनु भएका नेता खनालले नेपाल निवास कोटेश्वरमा ओली र नेपाल पक्षीय नेताबीचको बार्ताबारे जानकारी पाएपछि कडा प्रहार गर्नुभएको हो ।

आफ्नै निर्वाचन क्षेत्र इलामका मतदातासमेत रहेका पत्रकार डिल्ली आचार्यसँगको कुराकानीमा नेता खनालले अध्यक्ष तथा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री एवं बरिष्ठ नेता नेपालमा आफूलाई बोलाउने हैसियत नै नहरेको अभिब्यक्ति दिनुभएको हो । शिलापत्रका सम्पादक रहनुभएका इलामेली पत्रकार आचार्यसँगको कुराकानीमा खनालले कोटेश्वरमा भएको बैठकको औचित्य नहरेको र ओली नेपालसँग आफूलाई बोलाउने हैसियत नभएको बताउनु भएको हो ।

‘मलाई ओली र नेपालले छलफलमा बोलाउने आँटै गर्दैनन,’ खनालले भन्नुभएको छ । खनालले ओली र नेपाल पक्षबीच आज भएका पटक-पटकका वार्ताका विषयमा आफूलाई कुनै जानकारी नभएको पनि बताउनु भयो ।