जनता टाइम्स

२९ बैशाख २०७७, सोमबार १०:४८

दिगभ्रमित बाबुराम भट्टाराई र ओलीतन्त्रको अन्तर्य


सत्र हजारको आलो रगतकुल्चेर डा. भट्टराई अहिले साम्राज्यवादीहरुको मात्र होईन देशलाई नै विखण्डन गर्न खोज्ने र धर्मयुद्धमा फसाउन खोज्ने, सि.के. राउतको पछाडि आत्मसमर्पण गर्न तत्पर हुँदा उहाको ढुलमुले चरित्रका कारण अस्वीकार गरिएपछि आफ्ना डेढ सय कार्यकर्ताको गौरमा बलि लिने क्रुर हत्यारा उपेन्द्र यादवको समाजवादी दलमा शरण लिंदै नेपालको ईतिहास संस्कृति र सभ्यताविरुद्ध वमन गरेर आफ्नो दास मानसिकतालाई पस्केको देख्दा नेपालका बुद्धिजिवीहरु कोहीकोही सतिसाल जस्ता सधै खडा हुनेछन भने कोही भने डा. भट्टराई जस्ता भाडाको वृत्तिमा लागेका छन भन्न अतियुक्ति नहोला

गीता कार्की

नेपालको राजनीतिमा बिकासको मोडलबारे मुलधारका लेखक राजनेता र ईतिहासकारहरुमा दुईटा कुराले सधै द्धन्द मच्चाईरहेको पाईन्छ । क. पुष्पलालले २००६ सालमा स्थापना गरेको नेपाल कम्यूनिष्ट पार्टीले नेपाली राजनीतिको द्धन्दलाई त्यतिबेला नै छिनोफानो गरिसकेको देखिन्छ । नेपालका एक थरी बुद्धिजिवीहरु जो आफुलार्ई देशभक्त मान्न रुचाउछन् । उनीहरुले नेपाल राष्ट्रको मुल मुद्दा यसरी अस्तीत्वलाई चुनौती दिंदै कुनै न कुनै रुपमा खेल्दै आएको बाहेक उपनिवेशवाद, साम्राज्यवादहरु र सुगौली सन्धियता नेपाललाई बाह्य र आन्तरिक रुपमा खुम्च्याउने अस्तीत्व विहिनपार्दै जाने र सधै हरतरहले थला पार्ने काम थरी थरीका साम्राज्यवादी शक्तिहरुले गर्दै आएको कुरा पटक पटक औंल्याउने गरेका छन् ।

बेलायती साम्राज्यवादको आडमा जंगबहादुरले कोत पर्वमा सम्पूर्ण देशभक्त भारदारहरुको सफाया गरेको कालो इतिहास होस वा भीमशेन थापालाई सिसाले घाँटी रेटेर आत्महत्या गर्न विवस पार्ने क्रुर षडयन्त्र होस त्यस्ता कुरालाई हरेक कालखण्डमा ढाकछोप गर्ने चलन साम्राज्यवादका मतियारहरु हुन । नेपाल राष्ट्रको उन्नती र प्रगतीमा बाह्य चलखेललाई अस्वीकार गर्छन । बेलायती औपनिवेशवादले सन् १८३४ पछि हाम्रो सोच र शिक्षा चेतना र ईतिहासमाथि लगातार आक्रमण गर्यो । उनीहरुले सधै आफ्नो अनुकुलका बिचारहरुलाई प्रवाह गरे पश्चिमाहरुले आफूले औपनिवेसिक आक्रमणबाट बिगारेको कुरा पनि हाम्रो सम्पदा र संस्कृतिमाथि थोपरेर उनीहरुले हाम्रो बिकास नहुनूको कारण बाह्य अतिक्रमण वा सुक्ष्म औपनिवेसिक ब्यवस्थापनले होईन । अपितु एसियाली समाजको पछौटेपन र दरिद्रताको कारण हाम्रो सम्पदा र सस्कृति छ भन्ने भ्रम फैलाउदै गए ।

पश्चिमा पादरीहरु अनी समाजका रीतिरिवाजहरुमा रहेका सानातिना विभेदहरुलाई बढाई चढाई उल्टो दिशातिर डोर्याउदै लैजाने काम निरन्तर गरिरहेका छन् । लर्डमकाउले र उनका चेलाम्याक्समुलर लगायतले एसियामै आएर हाम्रो शास्त्र र चिन्तन प्रणलीको अपब्याख्या शुरु गरे । एसिया कब्जा जमाएर साउदी आक्रमण गरी कट्टर धार्मिक साम्प्रदायिक शासकहरुले दक्षिण एसियामा लाखौं पुस्तकहरु जलाएर चित्त नबुझी मुलग्रन्थहरु सबैमा पुनर्लेखन गर्दै क्षपक हालेर अपब्याख्या गर्न सजिलो हुने प्रपञ्च मिलाएका थिए । जसलाई अझै नराम्ररी अपब्याख्या गर्ने काम म्याक्स मुलरहरुले गरे । मुस्लीम शासकहरुले नै मनुस्मृतिलगायतखग्रन्थहरुको बौद्धिक साम्यवादी समाज ब्यवस्था र राम राज्यबनाउने सामाजिक समानताको न्याय प्रणलीलाई कायम हुन नदिने गरी पुस्तकहरु तथा ती शास्त्रहरुको पुनर्लेखन गरेर मात्र चित्त नबुझाई हिन्दु समाजमा रहेको कर्म अनुसारको वर्ण ब्यवस्थालाई छुत र अछुतको भुमरीमा फसाउन केही कर्मकाण्डी तत्वहरुलाई प्रलोभनमा पारी हाम्रो समाजको बिकास र उन्नतीलाई पूर्णतया अबरुद्ध गर्ने औपनिवेसिक वितण्डाका मतियार पश्चिमा लेखक ईतिहासकारहरु मात्र नभएर लर्ड मैकाले शिक्षा पद्धतिले तयार गरेको एसिया अफ्रिकाका हजारौ दिगभ्रमित युवाहरु हाम्रो जातीय ईतिहास धर्म संस्कृतिलाई भताभुङ्ग पार्न अग्रसर गराईए । हाम्रो दक्षिण छिमेकीको समग्र ईतिहास बिगार्ने काम जवाहरलाल नेहरु जस्ता भारतीय काश्मिरी पण्डितका सन्ततीबाट गराईयो ।

“डिस्कभरी अफ ईन्डीया”भन्ने उनको केही मौलिक खोज र अनुसन्धानका आडमा दक्षिण एसियाको राजनीति र ईतिहासमा आर्यहरुको आक्रमण भन्ने षडयन्त्रपूर्ण दन्त्यकथा छिराएर दक्षिण एसियाकै चिन्ता बनाई भताभुङ्गपारेको आरोप ओरिएन्टल लर्निङ्ग ईन्स्टीच्युट ठानेमा राष्ट्रका बिद्धान ईतिहासकारहरुले आरोप लगाएका छन । नेपालमा डा. स्वामी प्रपन्नचार्य जस्ता विद्धानहरुले यो देशमा कोही ईरानबाट आएको आर्य छैन र कोही किराँती मंगोलियाबाट आएको शरणर्थी पनि होईनन् भन्ने दावी गर्दै आएका छन् । ईतिहासमा विशिष्ट अगुवाहरुले यथार्थताको मार्गदर्शन गर्दा गर्दै पनि केही लोभीपापीहरु ईतिहासको अपब्याख्यामा निरन्तर लागि रहेका देखिन्छन । नेपालीले राष्ट्रिय रुपमापत्याएरै एसियाली अध्ययन संस्थान जस्तो देशको उच्चबौद्धिक संस्थाको प्रमुख बनेपछि डोरबहादुर विष्टले पश्चिमा औपनिवेसिक तत्वको ईसारामा नेपाली समाजलाई द्धन्दमा फसाउनी बिकास र भाग्यवाद जस्तो काल्पनिक कथा लेख्यो भन्ने कतिपय विद्धानहरुले आरोप लगाएका छन् । डोरबहादुरको त्यही नेपालको राजनीतिमा पश्चिमा औपनिवेसिक हमलाको पक्षपोषण गर्ने रायमा राजनीतिक क्षेत्रबाट डा. बाबुराम भट्टाराई जस्ता केही दिगभ्रमित ब्यक्तिहरुलाई गराएको देखिन आएको छ ।

माओवादी लडाकुहरुको नाममा लुटेको आधा खर्व रकम फर्छौट गर्दा डा. भट्टराईले के कुनै फाईदा लिनु भएन त ? सरकारी जमिन मामोहियानी हक लाग्दैन तर उहाको साडुभाईहरुले मातातिर्थको सयौं रोपनी जग्गा फिर्ता गराएर गरेको अर्वाैंको लुटतन्त्र प्लुटोक्रेसी (Plutocracy) होईन ?

कुनै समय मैले आफ्नो जनमुखि समाजवादी अगुवागुरुहरु मध्ये एक मानेको मामलाई अहिले आफ्नो त्यो चिन्तनप्रति आत्मग्लानी भएर आएको छ । राष्ट्रिय दैनिक नया पत्रिकाको २०७६ चैत्र २ गते आईतवारको पन्ना ७ मा “कोरोना भन्दा गम्भिर करप्सन भाईरस” लेख हेर्दा उहाँको दलाल सोच र दरिद्र मानसिकता छताछुल्ल भएको देखिन्छ । उहा प्रम हुँदा हिशिला दिदिले गरेको भ्रष्ट्राचार, सालासालीहरुको नियुक्ति र साडुभाईको जग्गा दलाली को कारोवारको सम्झना आयो र उहाँले वर्तमान प्रधानमन्त्री क. केपी शर्मा ओलीलाई लगाएको कुलिनतन्त्रको आरोप देख्दा झुक्कीएर लेख पढ्ने सबै हाँसे होला भन्ने लाग्छ ।

कृष्णबहादुर महराले बिनाविल भरपाई माओवादी लडाकुहरुको नाममा लुटेको आधा खर्व रकम फर्छौट गर्दा डा. भट्टराईले के कुनै फाईदा लिनु भएन त ? सरकारी जमिन मामोहियानी हक लाग्दैन तर उहाको साडुभाईहरुले मातातिर्थको सयौं रोपनी जग्गा फिर्ता गराएर गरेको अर्वाैंको लुटतन्त्र प्लुटोक्रेसी (Plutocracy) होईन ? सत्र हजारको आलो रगतकुल्चेर डा. भट्टराई अहिले साम्राज्यवादीहरुको मात्र होईन देशलाई नै विखण्डन गर्न खोज्ने र धर्मयुद्धमा फसाउन खोज्ने, सि.के. राउतको पछाडि आत्मसमर्पण गर्न तत्पर हुँदा उहाको ढुलमुले चरित्रका कारण अस्वीकार गरिएपछि आफ्ना डेढ सय कार्यकर्ताको गौरमा बलि लिने क्रुर हत्यारा उपेन्द्र यादवको समाजवादी दलमा शरण लिंदै नेपालको ईतिहास संस्कृति र सभ्यताविरुद्ध वमन गरेर आफ्नो दास मानसिकतालाई पस्केको देख्दा नेपालका बुद्धिजिवीहरु कोहीकोही सतिसाल जस्ता सधै खडा हुनेछन भने कोही भने डा. भट्टराई जस्ता भाडाको वृत्तिमा लागेका छन भन्न अतियुक्ति नहोला ।