जनता टाइम्स

२ जेष्ठ २०७७, शुक्रबार ०७:२५

विश्वभर कोरोनाबाट ४५ लाख २१ हजार बढी संक्रमित : ३ लाख ३ हजार ८० जनाको मृत्यु


काठमाडौं, बैशाख २ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख २१ हजार ८ सय ४० पुगेको छ । वल्र्डमिटरका अनुसार विश्वभर फैलिएको कोरोनाबाट शुक्रवार विहान यो समाचार तयार गर्नै समय सम्ममा संक्रमितको संख्या ४५ लाख २१ हजार ८४० पुगेको हो । संक्रमणपछि मृत्यु हुनेको संख्या पनि ३ लाख नाघेको छ। शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७१ रहेको छ।

मृत्यु हुनेहरुको देशमा अमेरिकामा सबैभन्दा माथि छ। त्यहाँ ८६ हजार ९ सय १३ को मृत्यु भइसकेको छ। त्यस्तै, बेलायतमा ३३ हजार ६ सय ९३, इटालीमा ३१ हजार ३ सय ६८, फ्रान्समा २७ हजार ४ सय २८ को मृत्यु भइसकेको छ। संक्रमण फैलिएको देशको सूचीमा पनि अमेरिका नै अग्रस्थनमा छ।

त्यहाँ १४ लाख १६ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ५२ हजार २ सय ४५, बेलायतमा २ लाख ३४ हजार ४ सय ३९, स्पेनमा २ लाख २९ हजार ५ सय ४०, इटालीमा २ लाख २३ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ। विश्वभर १५ लाख ८५ हजार २ सय ८६ जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख ४६ हजार ४ सय १४ जना संक्रमणमुक्त भइसकेका छन्। जर्मनीमा १ लाख ५० हजार ३ सय, स्पेनमा १ लाख ४३ हजार ३ सय ७४, इटालीमा १ लाख १५ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन्। नेपालमा भने २ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भएका छन्।