काठमाडौं, जेठ २
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले शुक्रबार सबैलाई एकढिक्का भएर लाग्न आग्रह गर्नुभएको हो ।
‘नेपाल सरकारले चालेको कदममा साथ दिई सहयोग गर्नुभएकोमा सबैमा हार्दिक धन्यवाद प्रदान गर्दछु’, राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘संक्रमण थप फैलिन नदिन र महामारी फैलिन नदिनका लागि सबैलाई आग्रह गर्दछु ।’
https://www.facebook.com/jantatimes/videos/2033640543445958/
प्रतिक्रिया दिनुहोस्